Rule 123
बेपत्ता भएको शिक्षकको निवृत्तभरण र उपदान
(१) कुनै शिक्षक हराई बेपत्ता भई दुई वर्षसम्म मरे बाँचेको पत्ता नलागेमा त्यस्तो शिक्षकले पाउने उपदान वा निवृत्तभरणको रकम निजले आफ्नो परिवारको सदस्य मध्ये कसैलाई इच्छाएको भए त्यस्ता व्यक्तिलाई र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी कसैलाई पनि इच्छाएको नभएमा निजको एकाघरको नजिकको हकवालालाई दिइनेछ ।
तर त्यसरी उपदान वा निवृत्तभरण दिंदा सम्बन्धित व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा अधिकारीको सिफारिसको आधारमा दिइनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण लिन पाउने व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजले आफ्नो परिवारको सदस्य मध्ये कसैलाई इच्छाएको भए त्यस्ता व्यक्तिलाई र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी कसैलाई पनि इच्छाएको नभएमा निजको एकाघरको नजिकको हकवालालाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम पारिवारिक निवृत्तभरण दिइनेछ ।
(३) बेपत्ता भएको शिक्षक पछि फेला परेमा यस नियमावली बमोजिमको उपदान भुक्तानी दिई नसकेको भए सो उपदान वा निजले पाउने निवृत्तभरणको रकम निजले दावी गर्न आएको मितिदेखि निजलाई नै दिइनेछ ।
तर भुक्तानी दिई सकेको उपदान, निवृत्तभरण वा पारिवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दावी गर्न पाउने छैन ।